एमबीबीएस, बीडीएस नर्सिङ सहित १२५ सीटमा सरकारी छात्रबृत्ति

काठमाडौँ, १५ बैशाख । सामान्य प्रशासन मन्त्रालयले एमबीबीएस, बीडीएस, बीएएमएस तथा नर्सिङ विषय अध्ययन गरेका बहालवाला तथा अवकास प्राप्त निजामती कर्मचारीको छोराछोरीको लागि छात्रबृत्ति प्रदान गर्ने भएको छ ।

मन्त्रालयले खुल्ला तथा समावेशी कोटाबाट एमबीबीएसमा ८३ जना, बीडीएएसमा २१ जना, बीएएमएसमा २ जना र नर्सिङ तर्फ १९ जनालाई छात्रबृत्ति वितरण गर्ने जनाएको छ ।

सूचनामा तोकिएको विषयमा अध्ययनरत पहिलो बर्षका विद्यार्थीहरुले अनलाइन आवेदन दिन सक्ने बताइएको छ । त्यसका लागि मापदण्ड समेत तोकिएको छ । यद्धपी छात्रबृत्तिको रकम बारे भने उल्लेख छैन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *