डा. बासुदेव पाण्डे मध्यमाञ्चलमा, चुडामणी भण्डारी कुष्टरोग महाशाखामा

2.6k
Shares

काठमाडौँ, १९ फागुन । स्वास्थ्य मन्त्रालयले केही निर्देशकहरुको सरुवा तथा पदस्थापन गरेको छ । गत मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा रमेश विक्रम सिंह स्वास्थ्य सेवा विभागमा सरुवा भएका छन् ।

मध्यमाञ्चल क्षेत्रीय निर्देशकको रुपमा कुष्ठरोग नियन्त्रण महाशाखाका प्रमुख रहेका डा बासुदेव पाण्डेलाई पठाइएको छ । त्यस्तै कुष्ठ रोग नियन्त्रण महाशाखामा रुपन्देहीका प्रमुख जन स्वास्थ्य प्रशासक चुणामणी भण्डारीलाई ल्याइएको छ । भण्डारी यसअघि लामो समयसम्म कुष्ठरोग नियन्त्रण महाशाखामै रहेका थिए ।

उता हेटौडामा रहेको किटजन्य रोग नियन्त्रण महाशाखामा डा विनोद गिरीलाई पदस्थापन गरिएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *