डा. बासुदेव पाण्डे मध्यमाञ्चलमा, चुडामणी भण्डारी कुष्टरोग महाशाखामा

काठमाडौँ, १९ फागुन । स्वास्थ्य मन्त्रालयले केही निर्देशकहरुको सरुवा तथा पदस्थापन गरेको छ । गत मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा रमेश विक्रम सिंह स्वास्थ्य सेवा विभागमा सरुवा भएका छन् ।

मध्यमाञ्चल क्षेत्रीय निर्देशकको रुपमा कुष्ठरोग नियन्त्रण महाशाखाका प्रमुख रहेका डा बासुदेव पाण्डेलाई पठाइएको छ । त्यस्तै कुष्ठ रोग नियन्त्रण महाशाखामा रुपन्देहीका प्रमुख जन स्वास्थ्य प्रशासक चुणामणी भण्डारीलाई ल्याइएको छ । भण्डारी यसअघि लामो समयसम्म कुष्ठरोग नियन्त्रण महाशाखामै रहेका थिए ।

उता हेटौडामा रहेको किटजन्य रोग नियन्त्रण महाशाखामा डा विनोद गिरीलाई पदस्थापन गरिएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *