सप्तरी र सर्लाहीका स्वास्थ्य प्रमुख फेरिए

5.2k
Shares

काठमाडौँ, २८ माघ । स्वास्थ्य मन्त्रालयले सप्तरी र सर्लाहीका जिल्ला स्वास्थ्य प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयले सप्तरीको जिल्ला स्वास्थ्य कार्यालयको निमित्त प्रमुखमा बरिष्ठ जनस्वास्थ्य अधिकृत नगेन्द्र चौधरी र सर्लाहीका प्रमुखमा हरिषचन्द्र साहलाई सरुवा गरेको हो ।

यसअघि चौधरी धनकुटामा बरिष्ठ जनस्वास्थ्य अधिकृतको रुपमा कार्यरत थिए । त्यस्तै साह सप्तरीका प्रमुख थिए ।

सर्लाहीका तत्कालिन प्रमुख इन्द्रदेव यादव अहिले निलम्वनमा छन् । पर्सा जिल्लाको प्रमुख रहँदा मेडिकल सामग्री खरीदमा अनियमितता गरेको आरोपमा अख्तियारले उनीमाथि मुद्धा चलाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *