सप्तरी र सर्लाहीका स्वास्थ्य प्रमुख फेरिए

काठमाडौँ, २८ माघ । स्वास्थ्य मन्त्रालयले सप्तरी र सर्लाहीका जिल्ला स्वास्थ्य प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयले सप्तरीको जिल्ला स्वास्थ्य कार्यालयको निमित्त प्रमुखमा बरिष्ठ जनस्वास्थ्य अधिकृत नगेन्द्र चौधरी र सर्लाहीका प्रमुखमा हरिषचन्द्र साहलाई सरुवा गरेको हो ।

यसअघि चौधरी धनकुटामा बरिष्ठ जनस्वास्थ्य अधिकृतको रुपमा कार्यरत थिए । त्यस्तै साह सप्तरीका प्रमुख थिए ।

सर्लाहीका तत्कालिन प्रमुख इन्द्रदेव यादव अहिले निलम्वनमा छन् । पर्सा जिल्लाको प्रमुख रहँदा मेडिकल सामग्री खरीदमा अनियमितता गरेको आरोपमा अख्तियारले उनीमाथि मुद्धा चलाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *