सरकार र आन्दोलनरत चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

232
Shares

काठमाडौँ, १३ साउन । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएको छ। आज दिनभर जसो बसेको अनौपचारिक छलफललाई मुर्त रुप दिदै दुबै पक्ष सहमतिमा पुगेको हो ।

अपरान्ह स्वास्थ्य मन्त्रालयमा भएको बार्तामा स्वास्थ्यका अलावा कानून, उद्योग मन्त्रालयका सचिव सहित गृह मन्त्रालयका सहसचिवको सहभागिता थियो । आन्दोलनरत चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा बद्री रिजाल, महासचिव डा विश्वराज दवाडी र सह कोषाध्यक्ष तेजसु सिंह मल्लको सहभागिता थियो ।

गत शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा एक बिरामीको मृत्यु पछि आफन्तले डिउटीमा खटिएका चिकित्सकमाथि कुटपिट गरेका थिए । त्यसको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए।

संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको थियो। अब सहमति भएसंगै चिकित्सक संघको आव्हानमा भएको आन्दोलन स्थगित भएको छ ।

हेर्नुहोस सहमतिका बुँदाहरु

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *