प्रसुति तथा स्त्री रोग अस्पतालको निर्देशक डा. अमिरबाबु श्रेष्ठ

160
Shares

काठमाडौँ, १० माघ । थापाथलिस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको निमित्त निर्देशकको जिम्मेबारी डा अमिरबाबु श्रेष्ठले पाएका छन् । आईतबार स्वास्थ्य राज्यमन्त्रीस्तरीय निर्णयबाट डा श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेबारी दिइएको हो ।

यसअघिका निर्देशक डा जागेश्वर गौतमले पदबाट राजिनामा दिएपछि कामचलाउन निर्देशक डा श्रेष्ठ नै थिए । स्वास्थ्य मन्त्रालयका सहसचिव दानध्वज बस्नेतले सम्पूर्ण अधिकार सहित डा श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेबारी दिएको बताए ।

अस्पतालको विधानमा निर्देशक हुन गाईने अव्स योग्यता चाहिने भएको कारण एनेस्थेसियाका डाक्टर श्रेष्ठले पूर्ण निर्देशक हुन नपाएका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *