प्रसुति तथा स्त्री रोग अस्पतालको निर्देशक डा. अमिरबाबु श्रेष्ठ

काठमाडौँ, १० माघ । थापाथलिस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको निमित्त निर्देशकको जिम्मेबारी डा अमिरबाबु श्रेष्ठले पाएका छन् । आईतबार स्वास्थ्य राज्यमन्त्रीस्तरीय निर्णयबाट डा श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेबारी दिइएको हो ।

यसअघिका निर्देशक डा जागेश्वर गौतमले पदबाट राजिनामा दिएपछि कामचलाउन निर्देशक डा श्रेष्ठ नै थिए । स्वास्थ्य मन्त्रालयका सहसचिव दानध्वज बस्नेतले सम्पूर्ण अधिकार सहित डा श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेबारी दिएको बताए ।

अस्पतालको विधानमा निर्देशक हुन गाईने अव्स योग्यता चाहिने भएको कारण एनेस्थेसियाका डाक्टर श्रेष्ठले पूर्ण निर्देशक हुन नपाएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *