बिरामीको मृत्युपछि न्युरो अस्पताल तोडफोड

76
Shares

काठमाडौँ, ९ माघ । उपचाररत विरामीको मृत्यु भएपछि बाँसबारीस्थित न्युरो अस्पताल तोडफोड गरिएको छ । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका हुन् । तोडफोडको आरोपमा प्रहरीले अस्पताल परिषरबाट २२ जनालाई नियन्त्रणमा लिएको छ ।

सडक दुर्घटनामा गम्भीर घाईते भएका २७ बर्षीय युनिस नगरकोटीको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो । शनिबार एक्कासी बेहोस भएपछि आईसियुमा लैजाँदा लैजाँदै उनको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । तर आफन्तले चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् ।

आईतबार विहानै देखि जम्मा भएका नगरकोटीका आफन्तले अस्पताल, चिकित्सक विरुद्ध नाराबाजी गर्दै तोडफोडमा उत्रिएका हुन् । उनीहरुले अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि समेत दुव्र्यभार गरेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *