रक्तदानमा नयाँ रेकर्ड : प्रेमसागरले गरे १४८ औँ पटक रक्तदान

कपिलवस्तु, २५ मंसिर – नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १४८ औँ पटक रक्तदान गरेका छन् । हरेक तीन तीन महिनामा रक्तदान गर्दै आएका कर्माचार्य नेपालकै सबैभन्दा बढी पटक रक्तदान गर्ने रक्तदाता समेत हुन् ।
रक्तदानका बारेमा जनचेतना जगाउन देशका विभिन्न भूभागमा पुग्ने गरेका कर्माचार्यले यसपटकको रक्तदान कपिलवस्तुमा पुगेर गरेका छन् । तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्र र नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाको संयुक्त आयोजनामा शनिबार आयोजित रक्तदान शिबिरको उद्घाटन गर्दै कर्माचार्यले रक्तदान गरेका हुन् ।
आजको सो शिबिरमा कर्माचार्य सहित ८४ जनाले रक्तदान गरेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



