रक्तदानमा नयाँ रेकर्ड : प्रेमसागरले गरे १४८ औँ पटक रक्तदान

कपिलवस्तु, २५ मंसिर – नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १४८ औँ पटक रक्तदान गरेका छन् । हरेक तीन तीन महिनामा रक्तदान गर्दै आएका कर्माचार्य नेपालकै सबैभन्दा बढी पटक रक्तदान गर्ने रक्तदाता समेत हुन् ।

रक्तदानका बारेमा जनचेतना जगाउन देशका विभिन्न भूभागमा पुग्ने गरेका कर्माचार्यले यसपटकको रक्तदान कपिलवस्तुमा पुगेर गरेका छन् । तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्र र नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाको संयुक्त आयोजनामा शनिबार आयोजित रक्तदान शिबिरको उद्घाटन गर्दै कर्माचार्यले रक्तदान गरेका हुन् ।

आजको सो शिबिरमा कर्माचार्य सहित ८४ जनाले रक्तदान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *