स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. ढकालले जिम्मेवारी सम्हाले

80
Shares

काठमाडौँ, १ मंसिर । स्वास्थ्य सेवा विभागका नव नियुक्त महानिर्देशक डा. केशरबहादुर ढकालले सोमबार (आज) टेकु पुगेर पदवहाली गरेका छन् ।

मन्त्रालयमा अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी सम्हाली रहेका डा. ढकाललाई स्वास्थ्य मन्त्री डा. सुधा शर्माले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दैै विभागको महानिर्देशकको जिम्मेवारी दिएकी थिईन् ।

आज अपरान्ह विभाग पुगेका डा. ढकालले पदवहाली गर्दै कर्मचारीहरुसंग सामान्य परिचयात्मक कार्यक्रम गरेका थिए । सो क्रममा उनले विभागको कामलाई पारदर्शी र सहज रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका थिए ।

यसअघि विभागमा महानिर्देशक रहेका डा. टंकप्रसाद बाराकोटीले स्वास्थ्य र पारिवारिक कारण जनाउँदै राजिनामा दिए पछि विभाग केही दिन नेतृत्व विहीन भएको थियो ।

विभागको महानिर्देशक पदमा  स्वास्थ्य सेवा तर्फ अधिकृत १२ औँ तहको कर्मचारी रहने व्यवस्था छ ।

नव नियुक्त महानिर्देशक डा. ढकालको सरकारी सेवा अवधी भने आगामी ६ असारमा सकिने राष्ट्रिय कितावखाना (निजामति) विवरणमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *