डा. केसीले अनशन तोड्ने आजको कार्यक्रम स्थगित गरे

0
Shares

nma

काठमाडौँ, १८ मंसिर – डा गोविन्द केसीको आज तोडने भनिएको अनशन स्थगित भएको छ । संंयुक्त बार्ता टोलीले बनाएको १२ बुदे सहमति पत्रमा केही महत्वपूर्ण बुँदा छुटेको भन्दै डा केसीले त्यसमा सहमति भएपछि मात्रै अनसन तोडने भनेका छन् ।

डा केसीलाई सहमति गराउन आज अपरान्ह प्राध्यपक केदारभक्त माथेमा, चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, पूर्व अध्यक्ष अञ्जनीकुमार झा सहितको टोली अस्प्ताल पुगेको थियो । डा केसीले थप बुदाहरुमा समेत प्रतिवद्धता खोजेपछि अनशन भोली तोड्ने  सहमति भएको हो ।

थपिएका बुदा लिएर बार्ताटोली पुन सिंहदरबार फर्केको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *