अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

44
Shares


काठमाडौँ, ५ जेठ । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट ग्रन्थिको क्यान्सर भएको पत्ता लागेको छ।

मूत्रप्रणालीमा समस्या देखा परेपछि परीक्षण गराउन जाँदा गत शुक्रवार उनलाई क्यान्सर पुष्टि भएको थियो।

उनको क्यान्सरलाई ‘हाइ ग्रेड’ क्यान्सरका रूपमा वर्गीकृत गरिएको छ। क्यान्सर रिसर्च यूकेका अनुसार, यस प्रकारको क्यान्सर कोषहरू तीव्र गतिमा शरीरमा फैलिन सक्छन्।

पूर्वराष्ट्रपति बाइडेनलाई क्यान्सर भएको खबर सार्वजनिक भएपछि अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको स्वास्थ्यप्रति चासो व्यक्त गरेका छन् । उनले बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छा व्यक्त गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *