नयाँ वर्षको पहिलो दिन चिकित्सक संघले गर्‍यो वाकाथन

84
Shares

काठमाडौँ, १ बैशाख । नेपाल चिकित्सक संघले नयाँ वर्ष २०८२ को पहिलो दिन वाकाथन गरेको छ। स्वास्थ्य मन्त्रालयसंगको सहकार्यमा संघले आज विहान वाकाथन गरेको हो ।

वाकाथनको नारा ‘स्वस्थ समाज हाम्रो चाहना, बिहानीको हिँडाइ हाम्रो साधना’ भन्ने थियो ।

वाकानथको संयोजन डा किशोर खत्रीले गरेका थिए । वाकाथन माइतीघरदेखि बिजुलीबजार हुँदै पुनस् माइतीघर फर्किएको थियो ।

संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निरोधात्मक अभियान अन्तर्गत वाकाथनको आयोजना गरेको जनाएको छ।

वाकाथनमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, अभिनेता राजेश हमालसहित चिकित्सक तथा स्वास्थ्य क्षेत्रकाका साथै अन्य विभिन्न पेशा व्यवसायमा आवद्धहरुको सहभागिता रहेको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *