निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक बन्न १० जनाको आवेदन

2.1k
Shares

काठमाडौं, २८ माघ । मीनभवनस्थित नेपाल निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक बन्न १० जनाको आवेदन परेको छ ।

अस्पताल विकास समिति गठन आदेश २०६४ को दफा ६ अनुसार कार्यकारी निर्देशकको नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० गते आवेदन खुला गरेको थियो।

मन्त्रालयले १५ दिनको समय दिएर खुलाएको आवेदनमा निर्धारित समयभित्र १० जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेहरुमा अस्पतालका हालका निर्देशक डा विधाननिधि पौडेल, डा विशेष पौडेल, डा रुद्र मरासिनी, डा मोहनचन्द्र रेग्मी, डा रोशन न्यौपाने, डा अजित खनाल, डा अनुज रायमाझी, डा विश्वराम पौडेल र डा श्रवण थापा रहेका छन्।

अस्पतालका हालका निर्देशक डा पौडेलको कार्यकाल फागुन २५ गतेबाट सकिँदै छ।

उनको कार्यकाल सकिनुअघि नै मुख्यसचिव अध्यक्ष रहेको अस्पताल विकास समितिले निर्देशक नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।

निर्देशकका लागि कार्ययोजनासहित आवेदन दिएकाहरुको अन्तर्वार्ता हुने छ। अन्तर्वार्तामा छनोट भएका तीन जनामध्येबाट एक जनालाई समितिले कार्यकारी निर्देशकमा नियुक्त गर्ने छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *