कोसी अञ्चल अस्पतालको सेवा प्रभावकारी बनाइने : मन्त्री थापा
मोरङ, २ असोज – स्वास्थ्य मन्त्री गगन थापाले कोसी अञ्चल अस्पतालको सेवालाई अझै प्रभावकारी बनाइने बताएका छन्।
अस्पतालको आज निरीक्षण गर्दै मन्त्री थापाले अस्पतालमा नयाँ प्रविधि भित्र्याउन सहयोग गर्न विराटनगरका उद्योगी व्यवसायीलाई आग्रह गरे। उनले भने, “नयाँ प्रविधि भित्रिए यहीँ चेकजाँच हुन्छ उपचार गर्न कोहीपनि बाहिर जानु पर्दैन ।”
सरकारी अस्पताललाई उपल्लो र गरिब दुवैको साझा सम्पत्ति बनाउन पनि उनले आग्रह गरे। अस्पतालको सेवा राम्रो भए थप व्यवस्थित गर्न सकिने पनि उनको भनाइ थियो । मन्त्री थापाले अस्पतालमा प्रसूति, बच्चा, इमरजेन्सी वार्डको निरीक्षण गरेका थिए। रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




