जिल्ला अस्पतालमा औषधि बिक्री कक्ष

284
Shares

pashal

बैतडी, १ असोज – जिल्ला अस्पताल बैतडीमा औषधि बिक्री कक्ष सञ्चालनमा आएको छ ।

सरकारको नीति अनुसार जिल्ला अस्पतालमा शुक्रबारदेखि औषधि बिक्री कक्ष सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिए । “औषधि बिक्री कक्षमा बाहिरी औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि पाइनेछ” उनले भने “तत्कालका लागि एक जना बिफर्मा र एक जना अहेवको व्यवस्था गरिएको छ ।”

सरकारले बिरामीलाई सजिलो होस् भन्ने उद्देश्यले सरकारी अस्पतालभित्र औषधि बिक्री कक्ष सञ्चालन गर्ने नीति लिएको हो ।

औषधि बिक्री कक्षमा निःशुल्क रुपमा अस्पतालमा उपलब्ध हुने बाहेकका औषधि किन्न पाइने बताइएको छ । जिल्ला अस्पताल परिसरभित्रै औषधि बिक्री कक्षा सञ्चालनमा आएपछि बिरामीलाई सजिलो हुने भएको छ ।

निःशुल्क रुपमा प्राप्त नहुने तर किन्नुपर्ने औषधि अब सजिलै किन्न सकिने बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *