मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा शिक्षाध्यक्ष पदका लागि दरखास्त आह्वान

काठमाडौँ, १६ असोज । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिक्षाध्यक्ष पदमा नियुक्तिका लागि लागि दरखास्त आह्वान गरेको छ। बुधबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको गरेको हो ।
सूचनामा, ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाममा हाल रिक्त रहेको शिक्षाध्यक्ष पदमा नियुक्तिको लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७७ को परिच्छेद ६ को दफा १८ बमोजिम देहायका पदका लागि देहाय बमोजिम योग्यता प्राप्त गरेका ईच्छुक उम्मेदवारहरुले दरखास्त दिन पाउनेछन्,’ भनिएको छ ।
यस्तै सूचना प्रकाशित भएको मितिले १५ दिन कार्यालय समय भित्र (अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सार्वजनिक विदा पछि कार्यालय खुलेको पहिलो दिन) दरखास्त पेश गर्न भनिएको छ। आवेदन इमेलमार्फत् पनि दिन सकिने बताइएको छ।
आवेदनसाथ प्रतिष्ठान सञ्चालनको व्यवसायिक कार्ययोजना, शैक्षिक क्रियाकलाप सम्बन्धी कार्ययोजना, वैयक्तिक विवरण, योग्यता (शैक्षिक र अनुभव) प्रमाणपत्रहरु पेश गर्नुपर्नेछ।
आवेदक चिकित्सा विज्ञान क्षेत्रमा स्नातकोत्तर अध्ययन गरी मान्यता प्राप्त शैक्षिक संस्थामा प्राध्यापक रही सेवा गरेको हुनुपर्नेछ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसपटक देखी एमबीबीएस कार्यक्रम सञ्चालन गर्दैछ ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

