दशैंको आसपासमा स्वास्थ्य मन्त्री पौडेल जर्मनी जाँदै

काठमाडौँ, २३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल दशैंको आसपासमा जर्मनी जाने भएका छन् ।
आगामी २७ असोजका दिन जर्मनीको बर्लिनमा हुने कम्युनिटी हेल्थ डेलिभरी पार्टनरशीप इभेन्ट डिउरिङ द वर्लड हेल्थ समिट – २०२४ मा सहभागी हुन त्यसतर्फ जाने भएका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको ११ वटा निर्णयमा मन्त्री पौडेलको भ्रमण स्विकृत गर्ने निर्णय गरेको हो ।
तीन महिना अघि स्वास्थ्य मन्त्रीमा नियुक्त पौडेलको यो तेस्रो विदेश भ्रमण हो ।
यसअघि उनी इण्डोनेशिया र भारत भ्रमण गरिसकेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



