बंगलादेशको राजनीतिक परिवर्तनले डब्लुएचओ सिएरोको नेतृत्वमा तत्काल परिवर्तन नहुने
आफ्नी आमा भारत निर्वासित भएपछि डा. साइमाले सार्वजनिक गरिन आफ्नो धारणा

काठमाडौँ, २४ साउन । बंगलादेशको पछिल्लो राजनीति परिघटनाले विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया क्षेत्र (डब्लुएचओ सिएरो)को नेतृत्व नै परिवर्तन हुन सक्ने सम्मको अनुमान गरिएको थियो । तर तत्काललाई यस्तो सम्भावना टरेको छ ।
डब्लुएचओ सिएरोका निर्देशक रहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी डा. साइमा वाजेदले आज विहानै सामाजिक सञ्जाल एक्समा आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै डब्र्लुएचओ क्षेत्रीय निर्देशकको भूमिकामा आफू प्रतिवद्ध रहेको बताएकी छन् । उनले हाल भारतमै निर्वासित अवस्थामा रहेकी आफ्नो आमा अर्थात पूर्व प्रधानमन्त्री हसिनासंग भेट नभएको समेत उल्लेख गरेकी छन् ।
‘मेरो आफ्नो देशमा मैले माया गरेकाहरुको ज्यान गएको छ यसबाट म धेरै दुखी छ । यति मात्रै यो अफ्टेरो समयमा म आफ्नो आमालाई देख्न पाएकी छैन न त अंकमाल गरी डाढस दिन नै सकेको छु । ययसमा पनि दुखी छु तर म अहिलेको जिम्मेवारी क्षेत्रीय निर्देशकको भूमिकामा प्रतिवद्ध छु,’ उनले एक्समा लेखेकी छन् ।

विद्यार्थी आन्दोलन चर्किदै जाँदा शेख हसिनाले गत सोमबार राजिनामा दिई भारत निर्वासनमा गएकी छन् । उनी त्यहि रहन्छन कि तेस्रो मुलुकमा जान्छिन् अझै केही भनिएको छैन । यद्धपी हसिनाका छोराले आफ्नी आमा बंगलादेशको राजनीतिमा अब नफर्किने धारणा सार्वजनिक गरेका छन् ।
आफ्नो साथै परिवारको ज्यानको खतरा भएको भन्दै हसिना सेनाको हेलिकप्टर प्रयोग गरी भारत शरणमा पुगेपछि उनकी छोरीले डब्लुएचओ क्षेत्रीय निर्देशक पदबाट राजिनामा दिई आमा र परिवारसंगै रहन सक्ने अनुमान गरिएको थियो । किनभने साइमालाई अबको केही समय क्षेत्रीय सदस्यको रुपमा बंगलादेशमा काम गर्न मुस्किल देखिन्छ ।
साइमाले गत १५ कात्तिकमा विश्व स्वास्थ्य संगठनको ७६ औँ महासभाका बेला भएको निर्वाचनबाट नेपालका तर्फबाट उम्मेवार बनेका डा. शम्भू आचार्यलाई १० – २ मतको फराकिलो अन्तरमा पराजित गर्दै क्षेत्रीय निर्देशक पदमा हात पारेकी थिईन । उनी गत १८ माघ देखि भारतको नयाँ दिल्लीस्थित डब्लुएचओको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयमा आई जिम्मेवारी सम्हाल्न थालेकी हुन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



