जिल्ला अस्पताल हुम्लाबाट पन्ध्र हजार बढीलाई सेवा

काठमाडौँ, २१ साउन । जिल्ला अस्पताल हुम्लाले गत आर्थिक वर्षमा १५ हजार छ सय ४० जना बिरामीलाई सेवा दिएको जनाएको छ । अस्पतालबाट हाल सामान्यदेखि जटिल गरी करिब २७ किसिमका रोगको उपचार गराइरहेको छ ।

बहिरङ्ग (ओपिडी) सेवामा १३ हजार सात सय ६१ र इमर्जेन्सीमा एक हजार एक सय ९२ जनाले सेवा लिएका जिल्ला अस्पतालका मेडिकल सुपरभाइजर दुर्गाबहादुर श्रेष्ठले बताए। अन्तरङ्ग सेवा (बिरामी भर्ना) मा नौ सय ९९ रहेका जनाउँदै छ सय ८७ जना सिधैँ भर्ना भई उपचारमा रहेका उनले जनाए ।

भर्ना हुन आउने अन्य ओपिडी तथा इमर्जेन्सी बार्डबाट सिफारिस भएका हुन् । अस्पतालले ओपिडी, इमर्जेन्सी र भर्नासमेतबाट सिफारिस भई दिने अन्य सेवामा खोप छ सय ८७, पोषण एक हजार चार सय ७०, शीघ्र कडा कुपोषणको उपचार १९, प्रसूति सेवा (सामान्य) एक सय १९, प्रसूति सेवा (औजार बाट) १४, प्रसूति सेवा ९शल्यक्रिया विधिबाट० १५ जनालाई सेवा दिइएको श्रेष्ठले जानकारी दिए ।

सुरक्षित गर्भपतन एक सय २१, पुरुष बन्ध्याकरण १२, परिवार नियोजन (नयाँ प्रयोगकर्ता) दुई सय ४०, पाठेघरको क्यान्सर (भिआइएपोजिटिभ) चार, पाठेघर खस्ने समस्याको उपचार ३३, प्रेषण भई आएका ८१, प्रेषण भई जिल्ला बाहिर पठाइएका तीन सय ११ जना रहेका श्रेष्ठले बताए ।

प्रयोगशाला छ हजार तीन सय, भिडियो एक्सरे सेवा दुई हजार तीन सय २०, एक्सरे दुई हजार एक सय ४०, इसिजि सेवा दुई सय ७९, नसर्ने रोग व्यवस्थापन पाँच सय ४७, मानसिक रोग व्यवस्थापन ५९ र पाँच वर्ष मुनिका बालबालिकाको समस्याको एकीकृत जाँच पाँच सय ९६ जनाले गराएका अस्पतालका मेडिकल सुपरभाइजर श्रेष्ठले जानकारी दिए ।

यसैगरी जिल्ला अस्पतालमा रहेको सामाजिक सुरक्षा कोषबाट एक हजार दुई ६० जनाको निःशुल्क उपचार गरिएको सामाजिक सुरक्षा इकाईका फोकल पर्सन उजिर बोहराले बताए ।

उनका अनुसार लैङ्गिक हिंसा पीडित ९ओसिएमसी० १७, सामाजिक सुरक्षा कोषबाट पूर्णछुट भएका एक हजार दुई र आंशिक छुट भएका दुई सय ४१ जनाको उपचार गरिएको छ ।

यस्तो सेवा पाउनेमा अति गरिब, गरिब, हिंसा पीडित, जेष्ठ नागरिक, अपाङ्ग, आफन्त नभएकालगायत बिरामी रहेका फोकल पर्सन बोहराले बताए ।

बिरामीले आफ्नो परिचय खुल्ने कागजात पेस गरेपछि सोही आधारमा निःशुल्क सेवा दिइएको उनको भनाइ छ । अस्पतालले आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर कोष सञ्चालन गरी निःशुल्क सेवा दिँदै आएको उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *