अनसनरत नर्स ज्योति रानाभाटको माग र स्वास्थ्य अवस्थाप्रति सम्वेदनशील छु : स्वास्थ्य मन्त्री मेहता

रानाभाट पक्षसंग आज पुन: बार्ता गर्ने तयारीमा सरकार
24
Shares
– निशा मेहता : मन्त्री, स्वास्थ्य तथा खाद्य स्वच्छता

काठमाडौँ, १८ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अनसनरत नर्स ज्योति रानाभाटले उठाएको माग र स्वास्थ्य अवस्था प्रति आफू सम्वेदनशील रहेको बताएकी छन् ।

सुनसरीमा रहेकी मन्त्री मेहताले केहीवेर अघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै रानाभाट पक्षसंग आज पनि पुन: बार्ता गर्ने योजनामा सरकार रहेको जानकारी दिएकी छन् ।

उनले रानाभाट पक्षसंग बार्ता तथा सम्वाद थाल्न मन्त्रालयको बार्ता समिति, अतिरिक्त स्वास्थ्य सचिवहरु, सचिव तथा सम्वन्धित निकायमार्फत पटक पटक सम्वाद र समन्वयको प्रयास गरेको समेत उल्लेख गरेकी छन् ।

उनले प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा प्रविधि समितिका सभापति डा ओजश्वी शेरचन समेत वार्ताका लागि निरन्तर प्रयासरत भएको जानकारी दिएकी छन् ।

आफू गत साता सुनसरीमा भएको घटना पछि व्यवस्थापन, पीडित परिवारसंगको समन्वय तथा स्थानीय अवस्था सामान्य बनाउन सुनसरीमै रहेको भन्दै नर्स रानाभाटको मागका विषयमा सकारात्मक निष्कर्षमा पुग्न सबै पक्षको सहयोग रहने विश्वास गरेको बताएकी छन् ।

विगत पाँच दिन देखि अनसनरत रानाभाटको स्वास्थ्य बिग्रिएपछि वीर अस्पतालमा उपचारका लागि लगिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *