नर्सहरूद्वारा वीर अस्पतालमा प्रदर्शन

216
Shares

काठमाडौँ, १८ साउन । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले वीर अस्पतालमा प्रदर्शन गरेका छन्।

नर्सिङ क्षेत्रको सुधारका लागि नर्स ज्योति रानाभाटले सुरु गरेको आमरण अनशनको पाँचौँ दिन आज नर्सहरूले  वीर अस्पतालमा प्रदर्शन गरेका हुन्।

उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता र श्रमशोषणको अन्त्यलगायतका १५ बुँदे माग राखेका छन्।

उनीहरूले ‘१५ बुँदे माग पुरा गर’, ‘ज्योतिको जीवन बचाउ’, ‘न्यायमा ढिलाई जीवनमा जोखिम’, ‘नर्स बचाऔँ स्वास्थ्य बचाऔँ’ लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *