लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बने खेम बहादुर सारु

काठमाडौँ, १८ साउन । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीमा खेम बहादुर सारु नियुक्त भएका छन् । लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेका ८ जना सांसदहरूले १० दिनपछि जिम्मेवारी पाएसंगै सारुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
सारु पाल्पा निर्वाचन क्षेत्र नं.१ (२) बाट निर्वाचित प्रदेश सभा सांसद हुन् ।
मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए ।
आज लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो ।
जसमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मीले पाएका छन् भने भूमिस्वर ढकालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास, प्रचण्डविक्रम न्योपाने उद्योग मन्त्रालयको जिम्मेवारी र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

