बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

92
Shares

चितवन, १५ साउन ।  यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ५०० शैय्या मध्ये ३५० निःशुल्क रहेको छ ।अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार ती निःशुल्क शैय्यामा बस्ने बिरामीलाई खानाको पनि सुबिधा रहेको छ ।

उनले भने, ‘हाम्रो अस्पतालमा साधारण शैय्यामा तीन पटकको खानासहित निःशुल्क सेवा दिइँदै आएको छ ।” बिरामीलाई बिहान, दिउँसो र बेलुका अस्पतालले खाना खुवाउँदै आएको छ ।’

तीन वर्षअघिबाट अस्पतालले शैय्या निःशुल्क गरेको हो । क्याविन, पेइङ् वार्ड, पोष्टप, एचडियु, आइसियु र डे केयरमा आउने बिरामीसँग अस्पतालले न्यून शुल्क लिइरहेको छ ।

अस्पतालमा भारतीय सीमा क्षेत्र र नेपाल भरबाट बिरामी उपचार गर्न अस्पतालमा आउने गर्दछन् । न्यून जनशक्ति र स्रोतसाधनमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता अस्पतलामा छ ।

अस्पतालमा रहेका शैय्या मध्ये ७५ देखि ८० प्रतिशतसम्म भरिने गर्दछ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई नेपालमा क्यान्सर उपचारका लागि सरकारी तवरको सुविधा सम्पन्न अस्पतालका रुपमा लिइन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *