पूर्व मुख्यसचिव तीर्थमान शाक्यको निधन

56
Shares

काठमाडौँ, ६ बैशाख । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ ।

नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको थिए।

उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल राख्ने उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भए।

उनले पछिल्लो समय ट्रान्सफ्याट सम्वन्धी कानून बनाउने विषयमा सरोकारवालाहरुलाई नीतिगत सल्लाह सुझाव समेत दिने गरेका थिए । ‘ट्रान्सफ्याट इलिमिनेशन पोलिसी एड्भोकेसी’ परियोजनामा समेत उनको सक्रिय सहभागिता थियो ।

स्व शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *