दुई हजार पाँच सय बढी किशोरीलाई एचपीभी खोप

0
Shares

काठमाडौँ, १८ असोज । तनहुँ जिल्लाका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दश पालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ का दुई हजार पाँच सय ४२ र विद्यालयबाहिर रहेका दश वर्ष उमेरका छ किशोरीलाई खोप लगाइएको हो ।

जिल्लाका दशवटै स्थानीय तहका दुई सय ५४ विद्यालयमा खोपकेन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो ।

व्यास नगरपालिकाका ७३५, शुक्लागण्डकी नगरपालिकाका ४६९, ऋषिङ गाउँपालिकाका ११२, बन्दीपुर गाउँपालिकाका १८६, भानु नगरपालिकाका २१६, भिमाद नगरपालिकाका २३८, आँबुखैरेनी गाउँपालिकाका दुई सय २६, घिरिङ गाउँपालिकाका ९२, देवघाट गाउँपालिकाका २२९ र म्याग्दे गाउँपालिकाका १४५ किशोरीले खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *