तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क गर्न सांसद तामाङको माग

काठमाडौँ, १५ असोज । रास्वपा सांसद सूर्यबहादुर तामाङले तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क गर्न माग गरेका हुन् ।
सांसद तामाङले स्वास्थ्य सेवा निःशुल्क नभए आफू आमरण अनशनमा बस्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीले पैसा नहुनेले पनि उपचार पाउने बताएको स्मरण गराउँदै उनले कानुन ल्याएर भए पनि स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने माग गरेका हुन् ।
‘प्रधानमन्त्रीले भन्नुहुन्थ्यो– गोजीमा पैसा नहुने गरिब विपन्न जनताले उपचार पाउनुपर्छ । यो नारा अहिले भुलेको हो कि भुलाइएको हो, म गम्भीर रुपमा ध्यानाकर्षण गराउन चहान्छु,’ उनले बैठकमा भने, ‘कम्तिमा पनि नेपाली जनताले दुई तिहाइ नजिक बहुमतको सरकार हामीलाई दिएको छ । धेरै गर्न नसके पनि कम्तिमा स्वास्थ्य निःशुल्क गर्न सक्यौँ भने हाम्रो जय जय नै हुनेछ । नयाँ कानुन वा विधेयक दर्ता गरेर कम्तिमा तीन महिनाभित्र स्वास्थ्य निःशुल्क हुनुपर्यो भनेर म जोडदार माग गर्दछु । यदी हुन सकेन भने तीन महिनाभित्र आमरण अनशन बस्ने पनि घोषणा गर्न चहान्छु ।’
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।



नेपाली हेल्थ 



