कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन सेवा सुरु

0
Shares

काठमाडौँ, १५ असोज । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुरु गरेको छ ।

टेलिमेडिसिन सेवाको आज उद्घाटन गर्दै प्रतिष्ठानका रेक्टर प्राडा धर्मभक्त सुवेदीले उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीले घरबाटै स्वास्थ्य सेवा लिन सक्ने बताए ।

दुर्गमका धेरै नागरिक विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भएकाले टेलिमेडिसिन सेवा सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । यस सेवाबाट घरमै बसेर विशेषज्ञ चिकित्सकको परामर्श लिन सहज हुने छ ।

प्रतिष्ठानका निर्देशक डा विनम्र विष्टले सेवाको सुरुआतसँगै प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी तथा विभिन्न स्वास्थ्य संस्थाबाट ‘रेफर’ भएर आउने बिरामीले विशेषज्ञ चिकित्सकको सेवा लिन थप सहज हुने बताए ।

दुर्गम तथा विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध हुन नसक्ने क्षेत्रका नागरिकलाई आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकीय परामर्श तथा सेवा उपलब्ध गराउन टेलिमेडिसिनले सहयोग पुग्ने छ ।

प्रतिष्ठानका अनुसार आज जाजरकोटका एक बिरामीलाई टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको थियो । प्रतिष्ठान  र छाया नेपालको संयुक्त पहलमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *