पूर्व मुख्यसचिव तीर्थमान शाक्यको निधन

काठमाडौँ, ६ बैशाख । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ ।

नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको थिए।

उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल राख्ने उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भए।

उनले पछिल्लो समय ट्रान्सफ्याट सम्वन्धी कानून बनाउने विषयमा सरोकारवालाहरुलाई नीतिगत सल्लाह सुझाव समेत दिने गरेका थिए । ‘ट्रान्सफ्याट इलिमिनेशन पोलिसी एड्भोकेसी’ परियोजनामा समेत उनको सक्रिय सहभागिता थियो ।

स्व शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *