गाजाको अल शिफा अस्पताल ध्वस्त बनाएर फिर्ता भयो इजरायली सेना

एजेन्सी । इजरायली सेनाले अल शिफा अस्पतालबाट फिर्ता भएको छ । सेनाले दुई साता देखिको आफ्नो कार्वाहीबाट प्यालेस्टिनी बन्दुकघारीहरुलाई मारेको र हतियार तथा गुप्तचरहरुका कागजातहरु कब्जा भएको भन्दै फिर्ता भएको अल जजिराले उल्लेख गरेको छ ।

इजरायली सेनाले गत १८ मार्च देखि अलशिफा अस्पताललाई कब्जामा लिई कार्वाही थालेको थियो । त्यसयता कम्तीमा २१ जना बिरामीहरुको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अस्पतालमाथि घेरावन्दी गरी कार्वाहीमा उत्रिएपछि इजरायलको चौतर्फी आलोचना भएको थियो ।

इजरायली सेनाले भने प्यालेस्टिनी नानागरिकहरु, बिरामीहरु र मेडिकल टोलीहरुलाई हानी पुग्नबाट बचाउन आफूहरु अस्पताल घेरावन्दी गरी कार्वाही गरेको दावी गरेको छ ।

अस्पताल पुर्न: सञ्चालनको तयारी
यसैबीच इजरायली सेना अस्पतालबाट फिर्ता भएपछि अस्पताल पुर्न: सञ्चालनका लागि काम सुरु भएको छ । गाजाका नागरिक रक्षक र अस्पतालका कर्मचारीहरु इजरायली सेना फिर्ता भएपछि त्यसतर्फ जाँदैछन् ।

स्थानीय सम्वाददाताहरुका अनुसार अस्पताल भित्रको कम्प्लेक्स र मेडिकल उपकरणहरु पूर्णरुपमा ध्वस्त छन् । अस्पताल नजिकैको सडकमा शबहरु छरिएका छन् । सोही अस्पतालको एचआर विल्डिङमा १०७ जना बिरामीहरु फसेका छन् तर उनीहरु उपचार तथा चिकित्सा हेरचाहका लागि तर्सिरहेका छन् ।

‘सेनाले घेराबन्दी गर्दा हामीसंग बिरामीहरुको उपचार गर्ने साधन थिएन, हामीले तिनीहरुलाई उपचार गर्न त सकेनौँ र गाड्न पनि सकेनौँ,’ अल शिफा अस्पतालकी एक जना नर्सले नाम उल्लेख नगर्ने सर्तमा भनिन् ।

इजरायली सेनाले अस्पताल भवन भित्र व्यापक आक्रमण गरेकोले भवनहरु जीर्ण अवस्थामा देखिएका छन् ।

अस्पतालको बिरासत नष्ट : नर्वेजियन चिकित्सक डा. म्याड्स गिल्बर्ट

यता अल शिफा अस्पतालमा लामो समय काम गरेका नर्वेजियन चिकित्सक डा म्याड्स गिल्बर्टले इजरायली सेनाको घेरावन्दी र आक्रमणबाट अस्तपालको बिराशत नष्ट भएको बताएका छन् । ‘इजरायली सेनाले ७८ वर्ष पुरानो इतिहासको अत्य भएको छ । यो दुखद दिन हो म विहानै रोएको छु,’ उनले भने ।

अल शिफा अस्पताल सन् १९८६ मा निर्माण गरिएको थियो र गाजाका मानिसहरुका लागि स्वास्थ्य सेवा दिने सबैभन्दा महत्वपूर्ण र प्रमुख अस्पताल थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *