सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिको सदस्य पदमा तीन जना मनोनित

काठमाडौँ, १६ फागुन । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिको सदस्य पदमा तीन जनालाई मनोनित गरेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै तीन जना सदस्य मनोनित गरेका हुन् ।

मन्त्री बस्नेतले होमनाथ शर्मा चौलागाईँ सिन्धुपाल्चोक, डा इमराना खातुन बारा र भुपेन्द्र थापा ललितपुरलाई दुई बर्षका लागि मनोनित गरेका हुन् ।

समितिमा लामो समय देखि सदस्य पदहरु रिक्त थियो ।

सुर्तीजन्य पदार्थमा उठेको करको २५ प्रतिशत सुर्ती कर कोषमा छुट्याउनु पर्ने व्यवस्था छ । तर अर्थ मन्त्रालयले बार्षिक ४० करोड रुपैयाँ मात्रै दिने गरेको छ ।

त्यसबाट सुर्तीजन्य पदार्थको प्रयोगका कारण लाग्ने क्यान्सर, मुटु जस्ता नसर्ने रोगको उपचार गर्ने अस्पतालहरुलाई अनुदान तथा यसको नियन्त्रणमा क्रियाशिल गैर सरकारी संस्थाहरुलाई सचेतना अभियान सञ्चालनका लागि वितरण हुने गर्दछ ।

यो समितिको अध्यक्ष स्वास्थ्य मन्त्रालयका सचिव र सदस्य सचिव मन्त्रालयकै कानून उपसचिव हुने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *