राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक परिवर्तन, शर्मा हेटौडा झरे, पण्डित काठमाडौँ उक्लिए

काठमाडौँ, २६ माघ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका दुई निकायका प्रमुखहरु परिवर्तन गरेका छन् । २१ माघमा मन्त्रिस्तरीय निर्णय गर्दै उनले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनील शर्मालाई हेटौडास्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको प्रमुख बनाएर पठाएका छन् ।

यस्तै केन्द्रमा भने किटजन्य रोग अनुसन्धान तालीम केन्द्रको प्रमुख रहेका केशव पण्डितलाई सरुवा गर्ने निर्णय गरेका छन् ।

‘सम्वन्धीत व्यक्तिहरुलाई जिम्मेवारी फेरिएको पत्र गइसकेको छ । ती कर्मचारीलाई यसपटक एक अर्काको कार्यलयहरु साटासाट गरियो,’ मन्त्रालय प्रशासन स्रोतले भन्यो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *