पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको भनिएकी भारतीय मोडल पुनम पाण्डे जिवितै

काठमाडौँ, २० माघ । पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डे जिउदै रहेकी छन् ।
शनिबार उनले इन्स्टाग्राममार्फत एक भिडियो सन्देश राख्दै आफू जिउदै रहेको बताएकी हुन् ।

सन्देशमा उनले आफै नै आफ्नो मृत्युबारे भ्रम फैलाएको समेत जानकारी दिएकी छन् । उनको यो कदमले बलिउड सहित उनका प्रशंसकहरु आक्रोशित भएकी हुन् ।

शुक्रबार विहान उनको इन्स्टाग्राममार्फत नै निधन भएको जानकारी दिइएको थियो । पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको भन्दा धेरैले फेक भनिसकेका थिए । नियमित रुपमा कार्यक्रममा सक्रिय रहेकीले पनि उनको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट नभएको धेरैको अनुमान थियो ।

विवादास्पत गतिविधि गरेर सधै चर्चामा आइरहने पाण्डेले यसपटक आफूले पाठेघरको मुखको क्यान्सरबारे जनचेतना जगाउन यस्तो हरकत गरेको दावी गरेकी छन् ।

उनले भिडियोमा भनेकी छन्, ‘म जिउँदै छु । मैले आफ्नो मृत्यु सर्भाइकल क्यान्सरका कारण भएको भनेर भ्रम फैलाएँ । यो अति हो भन्ने मलाई थाहा छ । मैले धेरैको मन दुखाएकी छु भन्ने पनि मलाई थाहा छ । तर यो सबै चेतना जगाउने उदेश्यले गरेकी हुँ । सर्भाइकल क्यान्सरले मेरो प्राण लिएको छैन तर धेरै जनाले ज्यान गुमाएका छन् । यसबारेमा कसैले पनि ध्यान दिएका छैनन् । मैले मेरो मृत्यु यो रोगका कारण भएको भनेपछि अहिले सबै जना सर्भाइकल क्यान्सरबारेमा कुरा गरिरहेका छन् । मेरो मृत्युको खबरले सर्भाइकल क्यान्सरबारे जे जति उपलव्धी हासिल गरेको छ । त्यसमा मलाई गर्व छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *