पाठेघरको मुखको क्यान्सरका कारण भारतीय मोडल पुनम पाण्डेको निधन !
कसरी लाग्छ पाठेघरको मुखको क्यान्सर ?

काठमाडौँ, १९ माघ । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । ३२ बर्षीया मोडल पाण्डेको पाठेघरको मुखको क्यान्सरको कारण निधन भएको बताइएको छ । शुक्रबार बिहान उनको अफिसियल सामाजिक सञ्जाल इन्स्ट्राग्राममा सो जानकारी दिइएको हो ।
उक्त पोस्टमा पुनमको मृत्यु भएको लेखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ । भारतीय संचारमाध्यमहरुले पनि ३२ वर्षको उमेरमै मोडल पाण्डेको निधन भएको बताएका छन् ।
जहाँ लेखिएको थियो, ‘आजको बिहान हाम्रा लागि निकै मुश्किल साबित भएको छ। हामीलाई यस्तो बताइरहँदा दुस्ख लागेको छ कि सर्भाइकल क्यान्सरबाट हामीले पुनम पाण्डेलाई गुमाएका छौं।’
उनका प्रशंसकहरु भने यो मृत्युलाई पत्याइरहेका छैनन् । धेरैले यो फेक पोष्ट भएको जनाएका छन् ।
‘हर्ट एट्याक होइन, नसालु पदार्थ सेवन गरेको पनि होइन, केही साता अघिसम्म सक्रिय जीवनमा रहेकी पाण्डे पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भयो भन्ने कुरा पत्याउन मुस्किल छ,’ उनका एक प्रशंसक राहुल चौधरीले भने ।
पाण्डेको कहाँ उपचार भएको थियो ? मृत्यु कहाँ भयो भन्ने बारेमा पनि केही खुलाईएको छैन ।
महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर के हो ? कसरी जोगिने ?
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

