डा. यदुचन्द्र घिमिरे बने मधेश प्रदेशको स्वास्थ्य सचिव

संघीय स्वास्थ्य मन्त्रालयमा कुँवर भित्रिए, केसी बाहिरिए
584
Shares

काठमाडौँ, १० मंसिर । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा यदुचन्द्र घिमिरे नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ७१ जना सहसचिवको सरुवा गर्दा डा घिमिरेलाई मधेश प्रदेशको स्वास्थ्य सचिव बनाएर पठाउने निर्णय गरेको हो ।

एघारौँ तहका डा घिमिरे अहिले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत थिए ।

मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयमा भने डा प्रमोदकुमार यादव सचिव थिए । एघारौँ तहका उनलाई गत १८ जेठमा प्रदेश मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा नियुक्त गरेको थियो ।

यस्तै शुक्रबारको बैठकले संघीय स्वास्थ्य मन्त्रालयका सहसचिव रमेशकुमार केसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।

यस्तै गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव रहेका विनोदबहादुर कुवँरलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *