डब्लुएचओको क्षेत्रीय निर्देशकमा साइमा वाजेद निर्वाचित

काठमाडौँ, १५ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एशिया (सेरो) को क्षेत्रीय निर्देशकमा साइमा वाजेद निर्वाचित भएकी छन् ।
केहीवेर अघि भएको निर्वाचनमा बंगलादेशका तर्फबाट उम्मेदवार बनेकी उनले नेपालका तर्फबाट उम्मेदवार बनेका डा शम्भु आचार्यलाई भारी मतले पराजित गर्दै निर्देशक बन्ने बाटो खोलेकी हुन् । कुल १० भोट खसेको आजको निर्वाचनमा वाजेदले ८ भोट प्राप्त गरिन् । नेपालका डाक्टर आचार्यले भने २ भोटमै खुम्चिनु पर्यो ।
निर्वाचित क्षेत्रीय निर्देशकले १ फेब्रुअरी २०२४ देखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नेछन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



