लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : यी हुन् स्वास्थ्यका १८ बुँदा
नसर्ने रोग विरुद्धको कार्यक्रम : 'बिरामी होइन स्वस्थ हुने प्रतिस्पर्धा गरौँ'
दाङ, २६ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले २०८०र०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यका १८ बुँदा समेटिएका छन् । जसमा बिरामी होइन स्वस्थ हुने प्रतिस्पर्धा गरौँ भन्ने अभियान सञ्चालन गरिने उल्लेख छ । यस्तै पूर्ण ज्योति प्रदेश, पूर्ण सुरक्षित मातृत्व सेवा युक्त स्थानीय तह, जिल्ला तथा प्रदेश अभियान पनि सञ्चालन गरिने उल्लेख छ । यस्तै एक स्वास्थ्य नीति पनि अवलम्बन गरिने भनिएको छ ।
राप्ती प्रादेशिक अस्पताललाई २०० शैय्यामा स्तरोन्नती गरिने लगायतका कार्यक्रम पनि उल्लेख छ ।
त्यस्तै, महिलालाई निःशुल्क हवाई उद्दार गर्ने, सरकारी तथा सामुदायिक स्वास्थ्य संस्था मार्फत निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराइने, दुर्गम स्थानमा विशेषज्ञ एवं शल्यक्रिया सेवासहित स्वास्थ्य शिविर सञ्चालन गर्ने विषय राखिएका छन् ।