वर्तमान सरकार जनताको स्वास्थ्य प्रति सम्वेदनशील देखिएन : योगेश भट्टराई

यसपटक बजेटमा सुर्तीजन्य पदार्थमा कर किन बढाइएन ?

काठमाडौँ, २० जेठ ।  नेकपा एमालेका सचिव एवं पार्टीका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बर्तमान सरकार जनताको स्वास्थ्य प्रति सम्वेदनशील नरहेको बताएका छन् । शनिबार राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ बागमती प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्ने क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् ।

‘यो सरकारको बारेमा धेरै सोच्न पर्दैन्, सरकार जनस्वास्थ्यमा कति सम्वेदनशील छ भन्ने कुरा केही दिन अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेट हेरे पुग्छ । स्वास्थ्यको बजेट बढाउँदै जानु पर्नेमा घटाउँदै गएको छ । स्वास्थ्यको बजेटमा गतवर्ष भन्दा झण्डै २० अर्व रुपैयाँ कम छ । संविधानको धारा ३५ मा स्वास्थ्यलाई मौलिक हकको रुपमा व्याख्या गरेको छ सरकारको व्यवहार ठिक उल्टो देखिदै गएको छ,’ उनले भने ।

नेता भट्टराईले राज्यले स्वास्थ्य क्षेत्रमा जति धेरै लगानी गरयो उति नै बढी प्रतिफल देखिन्छ भन्ने कुरा बर्तमान सरकारले नबुझेको समेत आरोप लगाए ।

सुर्तीजन्य पदार्थमा कर किन नबढाएको ?

स्वास्थ्य विभाग प्रमुख भट्टराईले यसपटकको बजेटमा सुर्तीजन्य पदार्थमा करको दर नबढाईनु आश्चर्यको विषय भएको बताए । उनले भने, ‘नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न करको दर बढाउनु पर्ने थियो । यो विश्वव्यापी मान्यता पनि हो । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत करको दर पुर्‍याउनु पर्ने हो तर हामी ३३ प्रतिशतमै रोकिएका छौँ । यसपटक त झन् घट्ने अवस्थामा पुगेको छ ।’

उनले भारतमा ५७ प्रतिशत श्रीलंकाले ७७ प्रतिशत पाकिस्तानले ६० प्रतिशत बढी करको दर तय गरेको उल्लेख गर्दै विश्वव्यापी प्रतिवद्धतालाई पनि वेवास्ता गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्यकर्मी संघका अध्यक्ष कपिल ज्ञवालीले स्वास्थ्य क्षेत्र सुधारका लागि आफ्नो संगठन सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताए । ‘ज्ञान पाउन गाह्रो होइन तर व्यवहारमा परिवर्तन गर्न चाहि गाह्रो हो हाम्रो ध्यान व्यवहार परिवर्तनमा पनि लगाउन जररी छ,’ उनले भने । उनले नयाँ आउने नेतृत्वले संगठन विस्तार र स्वास्थ्य क्षेत्र सुधारका लागि थप प्रभावकारी ढंगले काम गर्ने छ भन्ने अपेक्षा रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष भिमराज सिंह, शारदा खनाल, अनेरास्ववियूका गोविन्द गिरी लगायतले बोलेका थिए ।

यसैबीच अधिवेशनबाट गिरीराज चन्दको अध्यक्षतामा १५ सदस्यतामा नयाँ कार्यसमिति गठन भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *