बजेटमा आएको स्वास्थ्य तथा जनसंख्याका विषयमा एमालेले गर्‍यो १७ बुँदे टिप्पणी

सोध्यो, 'सुर्तीजन्य र मदिराजन्य पदार्थमा कर बढाउन किन सकिएन ?'

काठमाडौँ, १८ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले गत सोमबार प्रस्तुत गरेको बजेटले स्वास्थ्य क्षेत्रलाई निरासामा पारेको बताएको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज एक विज्ञप्ती जारी गर्दै बजेटले स्वास्थ्य क्षेत्रलाई निरासामा पारेको भन्दै १७ बुँदामा बजेटमाथि टिप्पणी समेत गरेका छन् ।

सरकारले यसपटक स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको ४.८ प्रतिशत छुट्याएको र यो पछिल्लो ६ वर्ष यताकै कमजोर कम भएको एमालेको टिप्पणी छ । उसले विश्व स्वास्थ्य संगठनको सुझाव समेत कम्तीमा कुल बजेटको १० प्रतिशत हुनु रहेको भन्दै बजेट झन् झन् घटनुले बर्तमान सरकार स्वास्थ्य प्रति संवेदनशील नभएको आरोप समेत लगाएको छ ।

निर्माणाधिन आधारभूत अस्पतालका छुट्याइएको रकम चालु आर्थिक वर्षको तिर्नुपर्ने दायित्व भन्दा कम रहेको भन्दै बजेट हचुवामा तयार गरिएको भनिएको छ ।

यस्तै सुर्ती तथा मदिराजन्य पदार्थका लागि तोकिएको कर प्रति पनि एमाले खुशी देखिएको छैन् । उसले भनेको छ, ‘नेपाल डब्लुएचओ एफसीटीसीको पक्ष राष्ट्र हो । स्वास्थ्य मन्त्री स्वयंले विश्व स्वास्थ्य संगठनको महासभामा गएर कर बढाउने प्रतिवद्धता गर्नु भयो तर त्यस लगत्तै आएको बजेटमा कर बढेन यसले पनि सरकार जनस्वास्थ्यमा सम्वेदनशील छैन भन्ने स्पष्ट गरेको छ र अन्तराष्ट्रिय प्रतिवद्धता भुलेको छ ।’

विज्ञप्तीमा छिमेकी देशहरुले सुर्तीजन्य पदार्थमा कति कर लगाएका छन् भनेर समेत उल्लेख गरेको छ ।

यस्तो छ बजेटमा आएको स्वास्थ्य तथा जनसंख्याका विषयमा एमालेले गरेको १७ बुँदे टिप्पणी:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *