कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले दिईन पदबाट राजिनामा

बिराटनगर १७ जेठ । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिएकी छन् ।

पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले पदबाट राजिनामा दिएकी हुन् । उनी आवद्ध पार्टी जनता समाजवादी पार्टीको प्रदेश समितिको बुधबार बैठकले सरकारबाट बाहिरिने गरेको थियो ।

उनी पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।

बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन् । उनले कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा  राजीनामा दिएको  बताइन् ।

उनले सरकारमा बसेर पहिचानको मुद्दा उठाउदा आफूमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको बताइन्।

आइतबार पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए। सो क्रममा स्वास्थ्य मन्त्रालयको झण्डै ४० लाख बढीको क्षति भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *