औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुन: नारायणप्रसाद ढकाललाई

काठमाडौँ, १७ जेठ । औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुन: नारायणप्रसाद ढकालले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । यो संगै ढकालले महानिर्देशको रुपमा चौथो पटक विभागको नेतृत्व गर्ने अवसर पाएका छन् ।

मन्त्री बस्नेतले ढकाललाई विभागको महानिर्देशक बनाउँदा, त्यहाँ महानिर्देशक रहेका भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिएका छन् ।

फार्मेसी समूह तर्फ एघारोँ तहको दरबन्दी विभाग र प्रयोगशालामा मात्रै रहेको छ । यसअघि पनि ढकाल र भट्टराईलाई त्यहाँको जिम्मेवारीमा खटाइएको थियो । तर दुबै जनाले त्यहाँको जिम्मेवारी लिन अनिच्छुक देखिदै आएका थिए ।

ढकालले विभागको महानिर्देशकको जिम्मेवारी पाएको पत्र आफूले बुझिसकेको सुनाए । ‘मैले पत्र बुझीसकेको छु, उनले भने ।

विभागमा १४ माघ २०७८ देखि भट्टराई महानिर्देशकको जिम्मेवारीमा थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *