लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बने राजु खनाल

काठमाडौँ, ८ वैशाख । लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री राजु खनाल बनेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

खनाल गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दाङ -२ (१) बाट निर्वाचित भएका थिए ।

त्यस्तै, मुख्यमन्त्री चौधरीले रुपन्देहीबाट निर्वाचित जनमतका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीको साँझ ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराइने तयारी भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर