राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको उपत्यका विशेष प्रदेश प्रथम अधिवेशन सम्पन्न

डा. प्रेणितकुमार पोखरेलको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन

काठमाडौँ, ६ जेठ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको उपत्यका विशेष प्रदेश प्रथम अधिवेशन सम्पन्न भएको छ । वीर अस्पतालको सर्जिकल भवनमा भएको अधिवेशनले डा प्रेणितकुमार पोखरेलको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा बिक्रम राई, महिला उपाध्यक्षमा गिता सुर्खेती सचिवमा उपेन्द्रसिह धामी चयन भएका छन् । यस्तै महिला उपसचिवमा डा मिनाकुमारी बराकोटी, उपसचिवमा सूर्यबहादुर श्रेष्ठ र कोषाध्यक्षमा सन्तोष कुवँर चयन भएका छन् ।

सदस्यहरुमा डा जयेन्द्र प्रधानाङ्ग, डा आनन्दकुमार गुप्ता, छिरिङ डोमा शेर्पा, निर्मला खरेल,सीता ढकाल, विपुल तामाङ, अर्जुनप्रसाद ज्ञवाली, प्रिन्सकुमार पटेल, सावित्रा कुँवर र विदुरप्रसाद चौलागाईँ रहेका छन् । यस्तै झमप्रसाद आचार्य, अनिलकुमार शाह, राजु चन्द, ईश्वर भट्टराई, डा शरद यादव र सुभद्रा जयना चयन भएका छन् ।

यसअघि अधिवेशनको उदघाटन गर्न नेकपा एमालेका केन्द्रीय सचिव तथा स्वास्थ्य विभाग प्रमुख समेत रहेका सांसद योगेश भट्टराई आएका थिए ।

महासंघका केन्द्रीय सचिव एवं उपत्यका इन्चार्ज रुपा केसीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा महासंघका अध्यक्ष डा झलक गौतम, नेकपा एमाले प्रदेश कमिटि सदस्य काशीनाथ अर्याल, पार्टीका स्वास्थ्य तथा जनसंख्या विभाग सदस्य केदार पराजुली सहभागी थिए ।

यस्तै महासंघका उपाध्यक्ष भीमराज सिंह, शारदा खनाल, जगत नेपाली, महासचिव डा सन्तोष पौडेल, उपमहासचिवद्धय अमृता बराल, सिद्धप्रसाद ढुंगाना तथा केन्द्रीय सचिवालय सदस्य, जिल्ला ईन्चार्ज, केन्द्रीय सदस्य र उपत्यकाका तीनवटै जिल्ला समितिका अध्यक्षहरुको उपस्थिति थियो ।

नयाँ कार्यसमिति चयन गर्न उपाध्यक्ष भीमराज सिंहको संयोजकत्वमा डिल्लीराम खनाल र जयन्ती कार्की सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *