तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाउने सरकारको निर्णय

168
Shares

काठमाडौँ, २ जेठ । सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाउने  निर्णय  गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने  पक्रिया अघि बढाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगंगा आँखा प्रतिष्ठानलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *