विश्व स्वास्थ्य संगठनद्धारा कोभिड – १९ को विश्वव्यापी स्वास्थ्य आपतकाल अन्य भएको घोषणा

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ अब ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’को रूपमा नरहेको घोषणा गरेको छ।
उसले यस भाइरसलाई लिएर जारी गरेको सबैभन्दा उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको हो।
डक्लुएचओका अधिकारीहरूका अनुसार कोभिडको साप्ताहिक मृत्युदर सन् २०२१ को जनवरीमा एक लाख भन्दा बढीको उच्च विन्दुबाट गत महिना साढे तीन हजारमा झरेको छ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले देशहरू अब आपत्कालको अवस्थाबाट उल्लेख्य रूपमा खतराको व्यवस्थापन गर्ने अवस्थामा प्रवेश गर्न सक्ने बताएका छन्।
तर उनले सबैभन्दा उच्च तहको सतर्कता हटाउने निर्णय गर्नुको अर्थ खतरा सकिएको भन्ने नरहेको बताउँदै अवस्था फेरिएमा आपत्कालिन अवस्थालाई पुन: व्युँताउन सकिने बताए।
“हिजो आपत्कालिन समितिको १५औँ वैठक भएको थियो र त्यसले मलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल अन्त्यको घोषणा गर्न सिफारिस गर्यो। त्यसलाई मैले स्विकारेँ,” डा. गेब्रेयससले भने।
“त्यसैले मैले निकै आशाका साथ कोभिड-१९ विश्वव्यापी स्वास्थ्य आपत्कालका रूपमा सकिएको घोषणा गर्दछु।”
कोरोनाभाइरसका कारण झन्डै ७० लाख मानिसहरूको मृत्यु पुष्टि भएको बताउँदै उनले उक्त सङ्ख्या खासमा तीन गुणा बढी हुनसक्ने टिप्पणी गरे।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

