संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

172
Shares

काठमाडौँ, २२ वैशाख । संखुवासभाको भोटखोलामा हेलिकोप्टर दुर्घटनामा परेको छ।

अपर अरुणको सामान ढुवानीका क्रममा सिम्रिक एयरको उक्त हेलिकप्टर भोटखोला ४ मा दुर्घटनामा परेको हो।

नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त हेलिकोप्टर दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएको थियो।

सामान ढुवानीमा प्रयोग भइरहेकाले हेलिकोप्टरमा चालक दलका सदस्य मात्रै रहेको बताइएको छ । घटनाको विवरण आउन भने बाँकी रहेको छ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *