संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

172
Shares

काठमाडौँ, २२ वैशाख । संखुवासभाको भोटखोलामा हेलिकोप्टर दुर्घटनामा परेको छ।

अपर अरुणको सामान ढुवानीका क्रममा सिम्रिक एयरको उक्त हेलिकप्टर भोटखोला ४ मा दुर्घटनामा परेको हो।

नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त हेलिकोप्टर दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएको थियो।

सामान ढुवानीमा प्रयोग भइरहेकाले हेलिकोप्टरमा चालक दलका सदस्य मात्रै रहेको बताइएको छ । घटनाको विवरण आउन भने बाँकी रहेको छ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *