उपचारका लागि १६ करोड रुपैयाँको सुई पर्ने भनेपछि केश पुग्यो अदालतमा, आदेश आयो तर सुई आएन

भारत । पैसाको अभावमा उपचार नपाई राजस्थानको नागोरमा एक निर्दोश बच्चाको ज्यान गएको छ । एक गम्भीर खालको रोगबाट ग्रसित ती बच्चाको उपचार पाउनका लागि उनका बाबुले सरकार तथा अदालतसम्म गुहार मागेका थिए ।

अदलातले राजस्थान सरकारलाई बच्चाको उपचारको व्यवस्था मिलाउन आदेश समेत दिएको थियो । तर आदेश दिए पनि उपचार हुन सकेन । समयमै सुई आउन नसक्दा उनको उपचार प्रभावित भएको बताइएको छ । परिवार जनले केन्द्र सरकार र राज्य सरकारले आदेशको वास्ता नगरेको आरोप लगाएका छन् ।

यसअघि चिकित्सकहरुले दुर्लभ तथा गम्भीर प्रकृतिको रोगका लागि निकै महंगो सुईको आवश्यक पर्ने बताएका थिए । उनीहरुले सुईको मूल्य १६ करोड भारतीय रुपैयाँ पर्ने बताएका थिए ।

बच्चाको बाबुले त्यति महंगो सुई खरीद गर्ने आफ्नो क्षमता नभएको तर बच्चा बचाउनै पर्ने भन्दै सरकार तथा अदालत समक्ष हारगुहार गरेका थिए । अदालतको आदेशपछि सरकारले १६ करोड सम्मको सुई निशुल्क उपलव्ध गराउने निर्णय समेत गरेको थियो । तर सुईको व्यवस्था नै हुन सकेन ।

बच्चा पछिल्लो ९ महिनाबाट जयपुरको एक अस्पतालमा उपचाररत थिए । चिकित्सकका अनुसार बच्चाको शरीरले प्रोटिन उत्पादन गर्न सकेको थिएन । त्यसले खाना तथा सुत्नका लागि असर गरिरहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *