क्षयरोग नियन्त्रण क्षेत्रमा उत्कृष्ठ काम गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई स्वर्ण पदक सहितको पुरस्कार


काठमाडौँ, ११ चैत । क्षयरोग नियन्त्रणका क्षेत्रमा उल्लेख्य योगदान गरेको गरेका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई विभिन्न पदक सहितको पुरस्कारबाट सम्मानित भएका छन् । विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले शुक्रबार आयोजना गरेको विशेष समारोहमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

केन्द्रका अनुसार क्षयरोग नियन्त्रणका लागि उत्कृष्ठ कार्य गर्ने व्यक्ति र संस्थालाई गरी दुईवटा स्वर्ण पदक प्रदान गरिएको छ । यस्तै क्षयरोगमा देशभरि कार्यरत व्यक्तित्वबाट उत्कृष्ठ कार्य गर्ने अरु आठ जनालाई पनि पुरस्कृत गरिएको छ । टिवि फ्रि इनिसिएटिभ कार्यक्रम लागू भएका २५ पालिका मध्ये तीन पालिकालाई पनि पुरस्कृत गरिएको छ ।

पुरस्कार कस कसलाई ?
शुक्रबार आयोजित समारोहमा क्षयरोग नियन्त्रण कार्यमा उत्कृष्ठ योगदान गरेको भन्दै कोशी प्रदेशका स्वास्थ्य सचिव (क्षयरोग नियन्त्रण केन्द्रका पूर्व निर्देशक) डा अनुज भट्टचनलाई स्वर्ण पदक सहितको दीक्षा दक्ष सेवा पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कार खेलकुदकर्मी दीपराज गुरुङले सन् १९९९ मा स्थापना गरेको हो ।

यस्तै क्षयरोग नियन्त्रण कार्यमा लामो समय देखि क्रियाशिल संस्था दामियन फाउन्डेशनलाई दीर्घ रण समुन्द्र बम स्वर्ण पदक २०२३ बाट सम्मान गरिएको छ । सो पुरस्कार फाउन्डेशनका कन्ट्री डाइरेक्टर डा सुशील कोइरालालाई हस्तान्तरण गरिएको थियो । यो पुरस्कार पूर्व स्वास्थ्य सचिव डा दीर्घसिंह बमले सन् २०१० मा स्थापना गरेका हुन् ।

यस्तै क्षयरोग नियन्त्रणका लागि देशभर कार्यरत कर्मचारीहरुमध्यबाट पुरस्कृत हुने आठ जनामा मुलुक चन्द राजवंशी क्षय कुष्ट अधिकृत (कोशी प्रदेश), कुलदीप ठाकुर (अहेव मधेश प्रदेश), नाहली बज्राचार्य जनस्वास्थ्य अधिकृत बागमती प्रदेश रहेका छन् ।

यस्तै देवप्रकाश घिमिरे क्षय कुष्ठ निरीक्षक गण्डकी प्रदेश, मोहम्मद इरफान क्षयकुष्ट अधिकृत लुम्बिनी प्रदेश, मिलन महर्जन टीवी कोअर्डिनेटर कर्णाली प्रदेश, नन्दलाल भट्ट जनस्वास्थ्य निरीक्षक सुदूरपश्चिम प्रदेश र विकास लामा कार्यालय सहयोगी राष्ट्रिय क्षयरोग केन्द्र रहेका छन् ।

यसैगरी उत्कृष्ठ टीबी फ्री इनिसिएटिभ बाट पुरस्कृत पालिकाहरुमा मेचीनगर नगरपालिका झापा, वालिङ नगरपालिका स्याङ्जा, टीकापुर नगरपालिका कैलाली रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *